Aadarsh-Daily

देउवाको स्वास्थ्यमा समस्या, खड्का बने कांग्रेसका कार्यवाहक कप्तान

ad-4p

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाका कारण पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन्।

content ad p2

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

content left

‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले बैठकमा भने, ‘उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’

खड्का नेपाली कांग्रेसका पूर्व महामन्त्री र अनुभवी संघीय सांसद हुन्। उनी शालीन स्वभावका, व्यवहारिक राजनीतिज्ञ र कुशल वार्ताकारको रूपमा चिनिन्छन्।

राजनीतिक अनुभवका हिसाबले खड्का दुईपटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका छन्। पार्टीभित्र संगठन सुदृढीकरणदेखि सरकार सञ्चालनसम्मका विषयमा उनी सक्रिय भूमिका खेल्दै आएका छन्।

देउवाले स्वास्थ्य अवस्थाका कारण पछिल्ला गतिविधिमा सक्रियता घटाएका थिए। अहिलेको निर्णयले पार्टीमा नेतृत्व हस्तान्तरणको नयाँ चरण सुरु भएको विश्लेषण गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily