Aadarsh-Daily

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान, भोलिसम्म दाबी पेश गर्न समय

ad-4p

मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ।
मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले मंगलबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

content ad p2

प्रदेश प्रमुख सुवेदीले जारी गरेको सूचनामा भनिएको छ—
“नेपालको संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले बुधबार अपरान्ह ४ बजेसम्म सरकार गठनको दाबी पेश गर्न सक्ने छन्।”

मधेश प्रदेशमा १०७ सदस्यीय प्रदेशसभा रहेको छ।
सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ।

हाल प्रदेशसभाको दलगत अवस्था यस्तो छ—

नेपाली कांग्रेस — २२

नेकपा एमाले — २५

content left

जनता समाजवादी पार्टी, नेपाल — १९

जनमत पार्टी — १३

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल — ९

नेकपा माओवादी केन्द्र — ९

नेकपा (एकीकृत समाजवादी) — ७

नेपाल संघीय समाजवादी पार्टी — १

नागरिक उन्मुक्ति पार्टी — १

मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मत लिनु अघि नै राजीनामा दिएका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily