Aadarsh-Daily

कांग्रेसमा हलचल : २,४८८ प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

ad-4p

नेपाली कांग्रेसभित्र ठूलो राजनीतिक हलचल सुरु भएको छ। पार्टीका २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

content ad p2

देशभरबाट सङ्कलित ती हस्ताक्षरहरू कांग्रेस नेता गुरु घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार औपचारिक रूपमा बुझाएका हुन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले भने,

content left

“१४औं महाधिवेशनका कुल प्रतिनिधि सङ्ख्याको करिब ५३ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्। यो पार्टीलाई नयाँ दिशा दिन उठाइएको कदम हो।”

कांग्रेसको विधान अनुसार कुल प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ।

नेता घिमिरेका अनुसार, नियमित महाधिवेशनको प्रक्रिया सुरु नभएकाले पार्टीलाई “नयाँ गति र दिशा दिने उद्देश्यले” यो पहल गरिएको हो।
उनले भने, “हामीले पार्टीलाई जनभावनासँग मिलाएर अगाडि बढाउने उद्देश्यले विशेष महाधिवेशनको माग गरेका हौँ।”

यसबीच, सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गर्दै कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका छन्।
देउवाको उक्त निर्णयपछि कांग्रेसभित्र नयाँ नेतृत्व र दिशाको बहस थप तीव्र बनेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily