Aadarsh-Daily

सखुवा प्रसौनीमा निशुल्क आँखा परीक्षण : ४७० विद्यार्थी लाभान्वित

ad-4p

पर्साको सखुवा प्रसौनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

content ad p2
content left

उक्त शिविर स्थानीय समाजसेवी चन्दन सहनीको सहयोगमा आयोजना गरिएको हो।
शिविरमा ४७० जना विद्यार्थीको आँखा परीक्षण गरिएको र तीमध्ये १८ जनामा विभिन्न प्रकारका आँखासम्बन्धी समस्या फेला परेको समाजसेवी सहनीले जानकारी दिएका छन्।

शिविर वीरगन्जस्थित किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
सहनीले बालबालिकाको दृष्टि संरक्षणलाई लक्षित गर्दै यस प्रकारका स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily