Aadarsh-Daily

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

ad-4p

जिल्ला अदालत काठमाडौंले सुन तस्करी आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

content ad p2

अदालतले बुधबार थुनछेक बहसपछि महरालाई थुनामा राख्ने निर्णय गरेको हो।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले दिएको आदेशअनुसार अब महरा थुनामै रहने भएका छन्।

content left

जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार, मंगलबार क्षेत्रीको इजलासमा महराको बयान लिइएपछि बुधबार थुनछेक बहस सम्पन्न भएको थियो।

महरालाई विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा प्रहरीले गत आइतबार पक्राउ गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरी सोमबार भन्सार छली र संगठित अपराधको मुद्दा दायर गर्दै अभियोगपत्र अदालतमा पेस गरेको थियो।

यसअघि पनि सो प्रकरणमा अनुसन्धानका क्रममा महरा संलग्न रहेको देखिएपछि उनलाई पुरक अनुसन्धानका लागि पुनः पक्राउ गरिएको हो।

सन् २०२३ (२०७९ पुस १०) मा फ्लाई दुबईको विमानमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुई सुटकेसभित्र ७३ बट्टा — ७३० वटा भेपको खोका प्रयोग गरी सुन ल्याएको खुलेको थियो।
उक्त प्रकरणमा महराका छोरासहित अन्य प्रतिवादीमाथि पनि मुद्दा दायर भइसकेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily