Aadarsh-Daily

बारामा काठमाडौँ जाँदै गरेको बसबाट ५० हजार मूल्य बराबरको अवैध पटाका बरामद

ad-4p

जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बसबाट ५० हजार रुपैयाँ बराबरको अवैध पटाका नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

बुधबार राति प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका–१ स्थित प्रहरी कार्यालय अगाडि बागमती प्रदेश ०३–००१ ख ३१२९ नम्बरको बस रोकेर चेकजाँच गर्दा बसको डिकीमा लुकाइ–छिपाइ राखिएका १६ बन्डल प्रतिबन्धित पटाका फेला पारेको हो ।

प्रहरी वरिष्ठ नायब निरीक्षक सिकिन्द्र साहको कमान्डमा खटिएको टोलीले बरामद गरेका पटाकाको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितका अनुसार, बरामद पटाकासहित आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily