Aadarsh-Daily

जनमत पार्टी विभाजन रोक्न सीके राउत सर्वोच्चमा

ad-4p

जनमत पार्टीका अध्यक्ष सीके राउतले दल विभाजन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। राउतले बिहीबार दर्ता गरेको रिटमा ‘जनमत पार्टी विभाजन गर्ने अर्को पक्षको तयारी अवैधानिक भएकाले दल दर्ता रोक्नुपर्छ’ भन्ने माग गरेका छन्।

content ad p2

रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाउँदै राउतले “नयाँ दल दर्ता गर्न अघि नबढियोस्” भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

content left

उक्त रिटको पहिलो सुनुवाइ शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

गत आइतबार जनमत पार्टीबाट अलग्गिएका उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय सदस्यले ‘जनस्वराज पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर, सनाखत प्रक्रिया अझै बाँकी रहेको छ।

जनमत पार्टीमा हाल ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६ सिट जित्दै राष्ट्रिय पार्टी बनेको जनमतले मधेश प्रदेश सरकारको नेतृत्व पनि गरिरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily