Aadarsh-Daily

बिहार चुनाव अघि भारत–नेपालबीच सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

ad-4p

रक्सौल (भारत–नेपाल सीमा) — आगामी बिहार विधानसभा निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन तथा भारत–नेपालबीचको सीमा सुरक्षालाई सुदृढ बनाउन उद्देश्यका साथ रक्सौलस्थित एकीकृत जाँच चौकी (ICP) मा संयुक्त समन्वय बैठक सम्पन्न भएको छ।

content ad p2

बैठकमा दुबै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र आपराधिक गतिविधिको नियन्त्रण सम्बन्धी विषयमा विस्तृत छलफल गरेका थिए।

सीमा सुरक्षा बल (SSB) का महानिरीक्षक निशित कुमार उज्ज्वल दुई दिने सीमाक्षेत्र निरीक्षणका क्रममा रक्सौल पुगेका थिए। उक्त अवसरमा SSBको ४७औँ वाहिनीका जवानहरूले उनलाई “गार्ड अफ अनर” प्रदान गरेका थिए।

बैठकमा विशेषगरी बिहार विधानसभाको निर्वाचन अवधिभर सीमाक्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप, मादक पदार्थ, अवैध हतियार र नक्कली नोट तस्करी नियन्त्रण गर्ने उपायमा छलफल गरिएको थियो।

content left

महानिरीक्षक उज्ज्वलले पत्रकारहरूसँग भने,

“यो भारत र नेपालबीचको संयुक्त समन्वय बैठक हो। सीमा पार गर्ने नागरिकहरूको पहिचान, जाँच–पडतल र निगरानी प्रणालीलाई अझ कडा बनाउने सहमति भएको छ।”

बैठकमा नियमित संयुक्त गस्ती सञ्चालन, सूचनाको आदान–प्रदान सुदृढीकरण र निगरानी प्रणाली प्रभावकारी बनाउने निर्णय गरिएको छ।

भारततर्फबाट डीआईजी हरि किशोर राय, जिलाधिकारी सौरभ जोरवाल, एसएसबीका उपमहानिरीक्षक एस. सुब्रमण्यम, कमाण्डेन्ट संजय पाण्डे, एसपी सवर्ण प्रभात र डीएसपी मनीष आनन्द सहभागी थिए।

नेपालतर्फ पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी, सशस्त्र प्रहरीका डिआईजी, जिल्ला प्रहरी प्रमुख लगायतका वरिष्ठ अधिकारीहरू सहभागी भएका थिए।

बैठकमा दुबै पक्षले सीमाक्षेत्रमा सतर्कता बढाउने, अवैध गतिविधि रोकथाम गर्ने र आपसी सहकार्यलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily