Aadarsh-Daily

पर्सामा गत आर्थिक वर्षमा ९६३ नयाँ घरेलु उद्योग दर्ता, रोजगारीमा वृद्धि

ad-4p

गत आर्थिक वर्षमा पर्सा जिल्लामा ९६३ नयाँ घरेलु उद्योग दर्ता भएका छन्, जसमा कुल लगानी १ अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० रुपैयाँ रहेको छ। यसमध्ये स्थिरपुँजी १ अर्ब ७७ लाख ९ हजार ३६० र चालुपुँजी ६७ करोड ४४ लाख ७ हजार ५४० रहेको छ।

content ad p2
content left

घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख पवन पञ्जीयारका अनुसार, यी उद्योगले २,८९८ जनालाई रोजगार दिनेछन्, जसमा १,७३७ पुरुष र १,१६१ महिला रहेका छन्।

उद्योग प्रकार अनुसार, उत्पादकमूलक उद्योग २१८, कृषि तथा वन अन्य उद्योग १४४, निर्माण ७५, पर्यटन १०८ र सेवा ४२० उद्योग दर्ता भएका छन्। यी उद्योगहरूको कुल पुँजी क्रमशः ४३ करोड ८२ लाख, ३९ करोड ३५ लाख, १० करोड ३३ लाख, २ करोड २३ लाख र ६६ करोड ८२ लाख रहेको पञ्जीयारले जानकारी दिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily