Aadarsh-Daily

तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान सुरु

ad-4p

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री—शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल—र दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान थालेको छ । सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा उनीहरूका साथै देउवा पुत्र जयवीरसिंहसमेत छानबिनको दायरामा परेका छन् ।

content ad p2
content left

विभागले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालय र भूमि व्यवस्थापन विभागलाई उनीहरूको बैंक खाता, सेयर, कम्पनी र जग्गाजमिनसम्बन्धी विवरण पेस गर्न पत्राचार गरेको छ । साथै, प्रदर्शनकारीले २४ भदौमा देउवा, दाहाल र खड्काका घरमा भेटिएका जलेका नोटको फरेन्सिक रिपोर्ट पनि माग गरिएको छ ।

विभागका अनुसार अनुसन्धानमा घर–ससुराली पक्षका तीन पुस्तासम्मका आफन्तको सम्पत्ति, लगानी र कारोबारको विवरण संकलनपछि दोस्रो चरणमा बयान लिइनेछ ।

सत्ता र शक्तिमा लामो समय बिताएका यी नेताहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेको यो पहिलो पटक हो । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले भ्रष्टाचारविरुद्ध कठोर अभियानका रूपमा यो अनुसन्धान अघि बढाएको हो ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily