Aadarsh-Daily

कांग्रेसले आइतबार सबै कार्यालय बन्द गर्ने

ad-4p

नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ऋषिकेश गौतमको निधनको शोकमा आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

content ad p2
content left

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

त्यसैअनुसार, पार्टीले तीन दिनसम्म झण्डा आधा झुकाउने, १३ दिनसम्म शोक पुस्तिका राख्ने, र १३ औं दिन सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने कार्यक्रम समेत तय गरेको छ।

नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य र कांग्रेस बाराका पूर्व सभापति गौतमको ८४ वर्षको उमेरमा असोज ३१ गते राति ९:१५ बजे काठमाडौंको पेप्सीकोलास्थित निवासमा निधन भएको पौडेलले बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily