Aadarsh-Daily

सुरेन्द्र भण्डारीमाथि कुटपिटको छानबिन गरी कारबाही गर्न मुख्यमन्त्री सोनलको निर्देशन

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले हिजो राति जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

content ad p2
content left

प्रहरीको कुटाइबाट घाइते भएका भण्डारीलाई आज अस्पतालमा भेटेपछि मुख्यमन्त्री सोनलले मधेस प्रदेशका प्रहरी प्रमुखलाई फोन गरेर घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

हिजो राति जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोली र स्थानीय सुनचाँदी व्यवसायीहरूबीच झडप भएको थियो। प्रहरीले सोनारपट्टीस्थित सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको थियो।

त्यस क्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए। व्यापारीहरूले दीपावलीको समयमा राति पसलमा आएर छापा नमार्न माग गर्दै प्रतिकार गरेपछि झडप भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily