Aadarsh-Daily

काग तिहार आज, यमराजका दूत कागलाई सम्मान गर्दै देशभर पूजा–अर्चना

ad-4p

आज कात्तिक २ गते देशभर हिन्दू धर्मावलम्बीहरूले काग तिहार मनाउँदै छन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यो पर्वमा आज बिहानैदेखि घरघरमा कागलाई मीठा–मीठा परिकार अर्पण गरी पूजा–अर्चना गरिएको छ।

content ad p2

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज त्रयोदशी तिथि लागेसँगै तिहार औपचारिक रूपमा सुरु भएको हो। यस दिन कागलाई यमराजको दूतका रूपमा सम्मान गरिन्छ र मृतकका खबर र सन्देश पुर्‍याउने मान्यताका कारण त्यसलाई सन्तुष्ट पार्न पूजा गर्ने परम्परा रहिआएको छ।

content left

पौराणिक विश्वासअनुसार कागलाई भोजन चढाइएमा परिवारमा हुने अशुभ कार्य टरिन्छ र घरमा सुख–समृद्धि कायम रहन्छ। बिहानै कागका लागि पकवान, भात, मिठाइ र फलफूल अर्पण गर्ने परम्परा आज पनि निरन्तर रहँदै आएको छ।

तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यसपछि कात्तिक ५ गते गाई, गोरु र गोवर्द्धन पूजा तथा नेपाल संवत् प्रारम्भ हुने र कात्तिक ६ गते बिहीबार भाइटीका पर्नेछ।

यसरी आजदेखि सुरु भएको तिहार पर्व पाँच दिनसम्म धुमधामका साथ मनाइनेछ, जसमा परिवार, दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र शुभकामनाको आदानप्रदान मुख्य विशेषता रहनेछ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily