Aadarsh-Daily

हमासले फिर्ता गरेका दुई इजरायली बन्धकको शव पहिचान

ad-4p

हमासले फिर्ता गरेका दुई जना इजरायली बन्धकको शवको पहिचान भएको छ। फिर्ता गरिएका शव इजरायली नागरिक आर्येह जाल्मानोविच (८५) र मास्टर सार्जेन्ट तामिर अदार (३८) का रहेको इजरायल रक्षा बल (IDF) ले जनाएको छ।

content ad p2
content left

आईडीएफका अनुसार जाल्मानोविचलाई गत वर्ष नोभेम्बर १७ मा किबुट्ज निर ओजस्थित आफ्नै घरबाट अपहरण गरी हत्या गरिएको थियो। अदार भने निर ओज सामुदायिक सुरक्षा टोलीका सदस्य थिए र २०२३ अक्टोबर ७ मा हमाससँगको भिडन्तमा ज्यान गुमाएका थिए।

यी शवहरू अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत फिर्ता गरिएका १५ शवमध्येका दुई हुन्। सम्झौताको पहिलो चरणमा २८ मृतक बन्धकहरू फिर्ता गरिने सहमति भएको थियो।

गाजामा जारी इजरायली आक्रमणका कारण ६८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily