Aadarsh-Daily

ट्रम्प–पुटिन शिखर बैठक रद्द — बुडापेस्ट भेटवार्ता स्थगित

ad-4p

युक्रेन युद्ध अन्त्यसम्बन्धी छलफलका लागि तय गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर बैठक रद्द भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले यो जानकारी दिएको छ।

content ad p2
content left

बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रूबियो र रुसका विदेशमन्त्री सेर्गेई लावरोभबीच टेलीफोन संवाद भएपछि आगामी हप्ताका लागि हंगेरीको राजधानी बुडापेस्टमा हुने भनिएको भेटवार्ता स्थगित गरिएको हो। ह्वाइट हाउसले पनि निकट भविष्यमा ट्रम्प र पुटिनबीच कुनै भेटवार्ता योजना नरहेको जनाएको छ।

ट्रम्पले गाजामा युद्धविराम स्थापना गर्ने पहलमा सक्रिय भूमिका खेलेका थिए र त्यसैको निरन्तरता स्वरूप युक्रेन सम्बन्धि शान्ति वार्तालाई अघि बढाउन बुडापेस्ट सम्वेलन घोषणा गरिएको थियो। तर बीबीसीले उद्धृत स्रोतअनुसार बैठक स्थगन भएपछि ट्रम्प असन्तुष्ट भएको र युक्रेनलाई थप सैन्य सहायताको सङ्केतसमेत गरेको बताएको छ; रिपोर्टमा भनिएको छ कि लामो दूरीका क्षेप्यास्त्र (टोमहक प्रकारका) उपलब्ध गराउने सम्बन्धमा संकेत भएको र यसले युक्रेनी सेनालाई थप क्षमता दिन सक्छ भनी उल्लेख गरिएको छ। यी दाबी तथा संकेतहरूलाई बीबीसीले उद्धृत स्रोतहरूबाट उठाएको हो।

राष्ट्रपति कार्यालय र रुसका आधिकारिक निकायहरूले हालसम्म बैठक रद्ध सम्बन्धी थप विस्तृत टिप्पणी सार्वजनिक गरेका छैनन्। बुडापेस्ट शिखर बैठक रद्द हुनुले युक्रेन युद्धविराम र बन्दी/नागरिक आदानप्रदानलगायत कूटनीतिक पहलमा अस्थिरता उत्पन्न हुने सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily