Aadarsh-Daily

प्रधानमन्त्री निवासमा उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न

ad-4p

मुलुकको वर्तमान सुरक्षा अवस्थाको समग्र विश्लेषण गर्दै आवश्यक कदम चाल्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

content ad p2

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गालसहित चारै सुरक्षा निकायका प्रमुखहरू उपस्थित रहेका थिए । बैठकमा सुरक्षा प्रमुखहरूले मुलुकभरको ताजा सुरक्षा अवस्था, सम्भावित चुनौती र आवश्यक तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

content left

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा हाल देशभर भइरहेका गतिविधि र विभिन्न समूहका आन्दोलन तयारीबारे समीक्षा गरिएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्।”

उनले राजनीतिक विषयहरू वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै थपे, “सरकारले संवादको ढोका खुला राखेको छ र सम्बद्ध पक्षहरूसँग वार्ताका लागि तत्पर छ।”

बैठकमा देशभरको शान्ति–सुरक्षा सुदृढ पार्न, प्रदर्शन र विरोधका क्रममा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न, र संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको सतर्कता बढाउने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily