Aadarsh-Daily

सूर्य आराधनाको तयारी : खरनासँगै भक्तिभावले उज्यालिँदै तराई–मधेसका छठघाटहरू

ad-4p

सत्य, अहिंसा र सहानुभूतिप्रतिको आस्था अभिव्यक्त गर्ने तराई–मधेसबासीको महान् पर्व छठ आज दोस्रो दिनको खरना विधिसँगै सम्पन्न हुँदैछ ।

content ad p2

कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने यस पर्वको शुरुवात हिजो नहायखाय विधिबाट भएको हो । यस दिन ब्रतालुहरू बिहानै नुहाइ–धुवाइ गरी प्याज र लसुनरहित शुद्ध शाकाहारी भोजन ग्रहण गरेर चोखो जीवनशैली अपनाउने गर्छन् ।

content left

आज अर्थात् पञ्चमी तिथिमा खरना विधि गरिँदैछ । यो दिन व्रतालु पुरुष र महिलाले दिनभरि निराहार उपवास बसेर साँझ दूध, चामल र सख्खर मिसाएर पकाइएको खीर (रसियाव), रोटी, केरा लगायत फलफूल तथा मिठाइहरू सजाएर छठ देवतालाई निम्तो दिँदै पूजा गर्छन् । कुलदेवताको पूजा सम्पन्न गरेपछि ती सामग्री परिवारका सबै सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन् । यही विधिलाई खरना भनिन्छ ।

यसरी खरना सम्पन्न भएपछि ब्रतालुहरू निराहार व्रतमा प्रवेश गर्छन् र अर्को दिन अस्ताउँदो सूर्य (षष्ठी तिथि) र त्यसपछिल्लो दिन उदाउँदो सूर्य (सप्तमी तिथि) लाई अर्घ्य अर्पण गरी छठ पर्व विधिवत रूपमा समापन गर्छन् ।

यो पर्व अत्यन्त निष्ठा, पवित्रता र कठोर अनुशासनसहित मनाइन्छ । अघिल्ला वर्षहरूमा मुख्यतया मधेसी समुदायले मनाउने यो पर्व अहिले देशभरका पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरूबीच पनि साझा पर्वको रूपमा विस्तार हुँदै गएको छ ।

छठ पर्वको अवसरमा हाल तराई–मधेसका पोखरी, नदी र तलाउहरूमा सरसफाइ र सजावट भइरहेको छ । श्रद्धालुहरू जलाशयहरू सिँगार्ने र छठघाट तयार पार्ने कार्यमा व्यस्त छन्, जसले सम्पूर्ण क्षेत्रलाई धार्मिक र सांस्कृतिक रौनकले भरिएको बनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily