Aadarsh-Daily

अमेरिका–चीन व्यापार तनाव अन्त्यतर्फ, प्रारम्भिक सम्झौतामा सहमति

ad-4p

अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ। बीबीसीका अनुसार दुवै देशले व्यापारसम्बन्धी प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन्, जसको अन्तिम रूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच हुने आगामी भेटमा तय गरिनेछ।

content ad p2

मलेसियामा सम्पन्न प्रारम्भिक वार्ताअनुसार चीनले दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाइ गर्ने योजना एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ। यस कदमले विश्वभरका प्रविधि र विद्युतीय उद्योगलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ। सोसँगै अमेरिकाले चीनबाट आयात हुने वस्तुहरूमा लागू गर्ने भनिएको सय प्रतिशत भन्सार स्थगित गर्ने संकेत दिएको बीबीसीले जनाएको छ।

content left

कृषि क्षेत्रमा पनि प्रगति भएको बताइएको छ। चीनले अमेरिकी सोयाबीन खरिद पुनः सुरू गर्ने तयारी गरेको छ। त्यसैगरी, विवादास्पद भिडियो–सेयरिङ्ग प्लेटफर्म ‘टिकटक’को अमेरिकी सञ्चालनसम्बन्धी विषयमा पनि प्रारम्भिक सहमति भएको छ।

दुवै देशले यी कदमहरूलाई व्यापार युद्धको तनाव घटाउने अवसरका रूपमा लिएका छन्। एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग दक्षिण कोरियामा उच्चस्तरीय व्यापार वार्ता गर्ने तयारी गरेका छन्।

ट्रम्पले उक्त भेटलाई “विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध अन्त्यतर्फको निर्णायक क्षण” भनेका छन्। यद्यपि, अन्तिम सम्झौता औपचारिक रूपमा सम्पन्न हुन अझै बाँकी छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily