Aadarsh-Daily

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइँदै

ad-4p

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै अर्घ्य दिइँदैछ। सूर्य उपासना र निर्जल व्रतसहित मनाइने यो पर्वमा श्रद्धालुहरूले बिहानै स्नान गरी दिनभर व्रत बस्ने परम्परा अनुसरण गर्छन्।

content ad p2

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिवारदेखि प्रारम्भ भएको हो। पहिलो दिन चतुर्थीका अवसरमा स्नान गरी शुद्ध आहार ग्रहण गरिन्छ भने दोस्रो दिन पञ्चमीका दिन ‘खरना’ पर्वका रूपमा सखरयुक्त खीर षष्ठी मातालाई चढाई प्रसादस्वरूप सेवन गरिन्छ। त्यसपछि व्रतालुहरू फलाहारमात्र ग्रहण गर्दै पूर्ण निर्जल व्रत बस्छन्।

content left

आज षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ। रातभर जाग्राम बसेर सातमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्वको विधिपूर्वक समापन गरिन्छ।

सूर्यदेवको आराधना, शुद्धता र आस्थाको प्रतीक मानिने छठ पर्व प्रारम्भमा तराईका सीमित क्षेत्रमै सीमित भए पनि अहिले देशभर श्रद्धा र भक्तिसहित मनाइने राष्ट्रिय पर्वका रूपमा स्थापित भइसकेको छ।

सन् २०४६ सालदेखि सरकारले छठ पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गर्दै आएको छ। बीचमा केही वर्ष बिदा कटौती भए पनि हाल पुनः सार्वजनिक बिदा प्रदान गर्न थालिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily