Aadarsh-Daily

भारत बेचिन लागेका १६ बालबालिका उद्धार

ad-4p

सप्तरीका दुई बालकलाई बसमार्फत जनकपुर ल्याएर रेल चढाउने भन्दै भारत लैजाने तयारी भइरहेका बेला उद्धार गरिएको छ।

content ad p2

७ र ९ वर्षका ती बालकसहित भारतका विभिन्न स्थानमा बेच्न लैजाने क्रममा फेला परेका १६ बालबालिकालाई बिहीबार परिवारको जिम्मा लगाइएको हो।

भारतको मुम्बई, नयाँ दिल्ली र विहारका जिल्लाबाट उद्धार गरिएका ती १६ जना मध्ये १४ जना बालक र २ जना बालिका छन्। उनीहरू धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटका बासिन्दा हुन्।

किङ नेपालका नवीन जोशीका अनुसार दुई बालिकालाई यौनजन्य क्रियाकलापका लागि बेच्न लागेकै समयमा उद्धार गरिएको हो। उनका भनाइमा मधेश प्रदेशका नाकाहरू प्रयोग गरी महिलाहरू र बालबालिकालाई भारत लैजाने क्रम तीव्र छ।

content left

जोशीले भने, “भारतमा नेपाली बालबालिकाको प्रयोग किड्नी निकाल्न, सेक्स वर्कर, घरेलु कामदार, अर्केस्ट्रा र सर्कसमा बढी भइरहेको छ।” उनले गत एक वर्षमा मात्र भारतस्थित नेपाली दूतावासको सहयोगमा १ हजारभन्दा बढी नेपालीको उद्धार गरिएको जानकारी दिए।

उद्धार गरिएका बालबालिकालाई रोटरी क्लब रुपन्देही लुम्बिनीको सहयोगमा स्वदेश फर्काइएको हो। क्लबका अध्यक्ष परशुराम पराजुलीका अनुसार बालबालिकालाई प्रलोभन देखाएर भारत वा अन्य मुलुकमा लैजाने संख्या बढ्दो छ, जसका लागि उद्धार र पुनःस्थापनामा सबैको सहकार्य आवश्यक छ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले उद्धार कार्यमा सरकारी सहयोग न्यून रहेको गुनासो गर्दै “सरकारले अझ सक्रिय भूमिका खेल्नुपर्छ” भनेका छन्।

त्यस्तै, मधेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव रञ्जितकुमार यादवले कानुन हुँदाहुँदै पनि कार्यान्वयन कमजोर भएकाले महिला र बालबालिका बेचिने दर बढेको बताए।

बालबालिका खोजतलास कार्यालय जनकपुरका प्रमुख सञ्जीव महतोका अनुसार गतवर्ष मात्रै मधेश प्रदेशका ६१ बालबालिका भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो, र ११५ हराएका बालबालिका नेपालमै फेला पारिएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily