Aadarsh-Daily

चुनाव लड्ने उमेर १८ वर्ष कायम हुनुपर्नेमा जेन-जि पुस्ता चौरसियाको जोड

ad-4p

निर्वाचन आयोगसँग सांसद पदको उमेर सीमा घटाउन माग गरिएको छ। जेन-जि पुस्ताका युवा प्रीयान्सु चौरसियाले सामाजिक सञ्जालमार्फत आयोगलाई सांसद पदको उम्मेदवार बन्ने उमेर २५ वर्षबाट घटाएर १८ वर्ष गर्न आग्रह गरेका छन्।

content ad p2

चौरसियाले लेखेका छन्, “निर्वाचन आयोगसँग मेरो अनुरोध छ — सांसद उमेदवारको उमेर २५ वर्षबाट घटाएर १८ वर्ष गरिदिनुपर्यो। हामी जेन-जिलाई चुनाव नै लड्न मिल्दैन भने हाम्रो सहभागिता कसरी होस्?”

content left

उनको यो भनाइ अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। धेरै युवाले उनको समर्थन गर्दै टिप्पणी गरेका छन् ।

चौरसियाले थप लेखेका छन्, “नयाँ पुस्ताको सोच र दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने अवसर नदिँदा राजनीतिमा पुस्तान्तरण ढिलो हुँदै गएको छ। युवालाई निर्णय–निर्माण तहमा ल्याउन कानुनी सुधार आवश्यक छ।”

विश्लेषकहरूका अनुसार नेपालमा सांसद बन्नका लागि संविधानले २५ वर्ष र राष्ट्रपति बन्नका लागि ४५ वर्ष उमेर सीमा तोकेको छ। प्रीयान्सुको मागले युवाबीच राजनीति र नीति–निर्माणमा उमेरको सीमा सम्बन्धी बहसलाई पुनः ताजा बनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily