Aadarsh-Daily

भोलिदेखि मौसममा सुधार, मधेश–कोशी क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना

ad-4p

देशका धेरै ठाउँमा हिजोदेखि जारी वर्षा र हिमपात भोलिदेखि क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

content ad p2

महाशाखाले आज जारी गरेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।
रातिदेखि नै कोशी र मधेशका धेरै भागमा पानी परिरहेको छ।
सबैभन्दा धेरै वर्षा मोरङ, सप्तरी र झापामा भएको महाशाखाले जनाएको छ।
त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात समेत भएको छ।

content left

महाशाखाका अनुसार भोलिदेखि देशभर मौसममा सुधार हुँदै जाने छ।
भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
तर, ठूलो पानी पर्ने सम्भावना छैन।

यस्तै, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भने रहन्छ।
भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा छिटपुट वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

पर्सि (शनिबार) कोशीका थोरै ठाउँमा तथा बागमती र गण्डकीका पहाडी भागमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily