Aadarsh-Daily

महाधिवेशनको कार्यतालिका विवादले कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

ad-4p

पार्टीको महाधिवेशन कार्यतालिकामाथि मतभेद बढेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भई अब आइतबार दिउँसो १ बजे बस्ने भएको हो।

content ad p2

महाधिवेशनको मिति र समयसारणीबारे संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा कांग्रेसभित्र किचलो तीव्र बनेको छ।
संस्थापन पक्षले आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्र पार्टी महाधिवेशन गर्ने तयारी गरेको छ भने, इतर पक्षले मंसिरमा नियमित महाधिवेशन नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।

content left

नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीहरूसँग छलफल गरेका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावअघि महाधिवेशन नथप्ने संकेत गरेपछि कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए।

छलफलपछि महामन्त्री थापा र शर्माले कार्यवाहक सभापतिलाई महाधिवेशनको कार्यतालिका तत्काल पेस गर्नुपर्ने अडान राखेका थिए। कार्यतालिका नआए आफू केन्द्रीय समिति बैठकमा सहभागी नहुने चेतावनी समेत थापाले दिएका छन्।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पनि महाधिवेशनको मिति र प्रक्रियाबारे नेताहरूबीच मतभेद देखिएको थियो। सहमति नबनेपछि कार्यवाहक सभापति खड्कालाई कार्यतालिका सार्वजनिक गर्न सकस परेको कांग्रेस स्रोतको भनाइ छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily