Aadarsh-Daily

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्षमाथि प्रहरी कुटपिट, व्यापारीहरूले आन्दोलन सुरु

ad-4p

धनतेरसको पूर्वसन्ध्यामा यहाँको उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारीहरूले आन्दोलन सुरु गरेका छन्।

content ad p2
content left

अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले कुटपिट गरेको विरोधमा व्यापारीहरूले आ–आफ्नो पसलमा कालो झन्डा झुन्ड्याएर र कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरिरहेका छन्। उनीहरूले १७ कात्तिकसम्म यस्तो प्रदर्शन जारी राख्ने घोषणा गरेका छन्।

व्यापारीहरूले भनेका छन्, माग सम्बोधन नभए कात्तिक १८ गते बिहान ९ बजे नगर परिक्रमा, दिउँसो सबै पसल बन्द र जनक चोकमा कोणसभा तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रहरीले अवैध सुनचाँदीको सूचना पाएर पसलमा छापा मार्दा विवाद भएको थियो। सोही क्रममा अध्यक्ष भण्डारी घाइते भएका थिए। व्यापारीहरू प्रहरीमाथि कारबाहीको माग गर्दै विरोधमा उत्रिएका हुन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily