Aadarsh-Daily

काँग्रेस महाधिवेशनको कार्यतालिका विवादमा सहमति जुट्न सकेन

ad-4p

नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

content ad p2
content left

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा मतभिन्नता देखिँदै सहमति हुन सकेको छैन। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक समान धारणामा अघि बढ्ने निष्कर्षका साथ सकिएको छ।

प्रवक्ता महतले भनेका छन्, “महाधिवेशन १५औँ सम्पन्न गर्ने विषयमा निर्वाचनअघि गर्दा राम्रो हुन्छ कि पछि गर्ने भन्ने विषयमा मतान्तर छ। धेरै हिसाबले नजिक पुगेको अनुभव भयो। हामी अन्ततः समान निष्कर्षमा पुग्छौँ भन्ने विश्वास छ।”

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष वैशाखतिर निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ भने इतर पक्ष निर्वाचनअघि विशेष महाधिवेशनको पक्षमा छ। यही विवादका कारण केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily