
जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।

नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब, स्वास्थ्यकर्मीका परिवारजनको निःशुल्क उपचार, सुरक्षा र बिमा सुविधा लगायत सात बुँदे माग राख्दै उनीहरूले आन्दोलन चर्काएका हुन्।
स्वास्थ्यकर्मी रामविनय ठाकुरका अनुसार मन्त्रालय र प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराउँदासमेत ठोस कदम नउठेकाले सडकमा उत्रिनु परेको हो।

