Aadarsh-Daily

बिहार निर्वाचनका कारण नेपाल–भारत सीमा नाकामा आवागमन बन्द

ad-4p

भारतको बिहार राज्यमा आगामी नोभेम्बर ११ (मङ्गलबार) हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा अस्थायी रूपमा आवागमन बन्द गरिने भएको छ।

content ad p2

पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति–सुरक्षाको दृष्टिले आज साझ ६:०० बजेदेखि कात्तिक २५ गते साँझ ६:०० बजेसम्म सीमा नाकाबाट हुने आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

content left

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC)को बैठकमा भएको सहमतिअनुसार यो निर्णय लागू गर्न लागिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

बिहारको सिटामढी, पूर्वी चम्पारण लगायतका सीमावर्ती क्षेत्रमा हुने मतदानका बेला कुनै अवाञ्छित गतिविधि हुन नदिनका लागि यो कदम चालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए।

निर्वाचन सकिएपछि सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने पनि प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily