Aadarsh-Daily

प्रदेश सांसद अन्सारीद्वारा अनुहारमा मोसो दलेर सरकार र दलको आलोचना

ad-4p

जनकपुर – नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले शनिवार प्रदेशसभा बैठकमा आफ्नै अनुहारमा मोसो दलेर दलहरूको नैतिक धरातल कमजोर भएको भन्दै कडा आलोचना गरेका छन्।

content ad p2

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदै गर्दा समय मागेर बोलेका समयमा सभामुख रामचन्द्र मण्डलले माइक काट्दा अन्सारीले आफ्नै अनुहारमा मोसो दले।

content left

सांसद अन्सारीले जेन–जी आन्दोलनले व्यवस्था परिवर्तन भए पनि अवस्था नबदलिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै भने, “आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु। म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ। कुनै पनि पार्टीको कुरा मान्दिनँ।”

उनले मधेसका ६४ लाख जनताको अवस्था र दलका नेताहरूको चरित्र जेन–जी आन्दोलनपछि पनि नफरेको गुनासो पोखे। साथै अन्सारीले मुख्यमन्त्री सोनलको सरकार केन्द्रको आदेशमा बनेको आरोप लगाउँदै, “सांसद र दलहरूको नैतिक धरातल सकिएको छ।”

यस घटनाले मधेस प्रदेशसभामा राजनीतिक तरङ्ग पैदा गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily