Aadarsh-Daily

मधेसमा फेरि राजनीतिक संकट : मुख्यमन्त्री सोनलद्वारा राजीनामा

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार राजीनामा दिएका छन्। विश्वासको मतको प्रक्रियाबीच उनले प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन्।

content ad p2
content left

आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री सोनललाई आवश्यक समर्थन नपाइने संकेत देखिएपछि उनी बैठकबाट बाहिरिएका थिए। करिब १० मिनेटका लागि स्थगित गरिएको बैठक डेढ घण्टा बित्दा पनि पुनः सुचारु नभएपछि उनले औपचारिक रूपमा राजीनामा दिएका हुन्।

सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले ६ दलको समर्थनमा ५७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरेका थिए।

सोनलको राजीनामासँगै मधेस प्रदेशमा पुनः राजनीतिक अनिश्चितता सुरु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संविधानको धारा १६८(३) अनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily