Aadarsh-Daily

लमजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

ad-4p

लमजुङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। गएराति बा ८ च ३७३१ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–३ मा दुर्घटना हुँदा जीप चालकसहित दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

content ad p2
content left

मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

जीपमा सवार ताप्लेजुङको सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily