Aadarsh-Daily

धनुषा–जटही नाका भारतको विधानसभा निर्वाचनका लागि आज बन्द

ad-4p

भारतको बिहार राज्यमा आज भइरहेको पहिलो चरणको विधानसभाको निर्वाचनका कारण नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका आज बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द गरिएको छ।

content ad p2

भारतीय प्रशासनले निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले नाका बन्द गरिएको जनाएको छ। सो क्रममा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी सीमाक्षेत्रमा तैनाथ गरिएको छ।

content left

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार, ‘निर्वाचन अवधिमा अवाञ्छित गतिविधि हुन नदिन चेकजाँच र निगरानी बढाइएको छ। शंका लागेका व्यक्तिहरूमाथि सोधपुछ भइरहेको छ र सीमा क्षेत्रमा सघन अनुगमन जारी छ।’

नाका बन्द हुँदा दुवै तर्फका सवारीसाधन र यात्रुहरूको आवागमन पूर्ण रूपमा रोकिएको छ।

भारतको बिहारमा पहिलो चरणको निर्वाचन अन्तर्गत आज १२१ विधानसभा सिटमा मतदान भइरहेको छ भने दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ मा १२२ सिटका लागि हुने तय गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily