Aadarsh-Daily

बिहार निर्वाचनका कारण नेपाल–भारत सीमा नाकामा आवागमन बन्द

ad-4p

भारतको बिहार राज्यमा आगामी नोभेम्बर ११ (मङ्गलबार) हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा अस्थायी रूपमा आवागमन बन्द गरिने भएको छ।

content ad p2

पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति–सुरक्षाको दृष्टिले आज साझ ६:०० बजेदेखि कात्तिक २५ गते साँझ ६:०० बजेसम्म सीमा नाकाबाट हुने आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

content left

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC)को बैठकमा भएको सहमतिअनुसार यो निर्णय लागू गर्न लागिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

बिहारको सिटामढी, पूर्वी चम्पारण लगायतका सीमावर्ती क्षेत्रमा हुने मतदानका बेला कुनै अवाञ्छित गतिविधि हुन नदिनका लागि यो कदम चालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए।

निर्वाचन सकिएपछि सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने पनि प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

मधेसमा फेरि राजनीतिक संकट : मुख्यमन्त्री सोनलद्वारा राजीनामा

Aadarsh Daily

प्रदेश सांसद अन्सारीद्वारा अनुहारमा मोसो दलेर सरकार र दलको आलोचना

Aadarsh Daily

गाजा नरसंहारको आरोपमा टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जनामाथि वारेन्ट जारी

Aadarsh Daily