
हङकङ सिक्सेसको बाउल लिगमा नेपाल आज बिहान यूएईसँग ४३ रनले पराजित भएको छ। यस पराजयसँगै नेपालको बाउल लिगमा खेल सकिएको छ।

पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो। तर नेपालले निर्धारित ८ ओभरमा चार विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। नेपाली टिममा मोहम्मद आदिल आलमले ३२ र सन्दीप जोराले ३१ रन बनाए।
यसअघि यूएईले पाँच विकेट गुमाएर १२९ रन बनाएको थियो।
नेपालले लिग चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजय भोगेपछि बाउल लिगमा प्रवेश गरेको थियो। बाउल लिगमा नेपालले हिजो श्रीलङ्कासँग पराजित भइसकेको थियो, तर भारतलाई ९२ रनले हराएको थियो।

