Aadarsh-Daily

फागुन २१ प्रतिनिधिसभा चुनाव नजिकिँदै, मतदाता दर्ता र दल दर्ता क्रम तीव्र

ad-4p

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा मतदाता नामावलीमा नाम दर्ता र नयाँ दल दर्ता गर्ने क्रम तीव्र बनेको छ। मतदाता र दल दर्ताका लागि आयोगले तोकेको समयसीमा कात्तिक ३० गते आइतवारसम्म रहेको छ।

content ad p2

निर्वाचन आयोग र जिल्लास्थित निर्वाचन कार्यालयहरूमा समयसीमा नजिकिँदै गर्दा भीड लागेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव घोषणा भएयता अहिलेसम्म २ लाख ९ हजार ५ सय २२ नयाँ मतदाता दर्ता भएका छन्।

content left

यसैगरी चुनाव घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। प्रमाणपत्र दिने प्रक्रिया जारी रहेकामा अहिलेसम्म १ सय २५ दल दर्ता भइसकेको छ।

पछिल्लो दिनमा नागरिक उन्मुक्ति पार्टी नेपाल (कबिर सोप नेतृत्व) नयाँ दलको रूपमा दर्ता भएको छ। यसैगरी हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी पनि नयाँ दलका रूपमा दर्ता भएका छन्। यस्तै, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ।

निर्वाचन आयोगले दल तथा सरोकारवालासँग छलफल गर्दै चुनाव सम्पन्न गर्ने तयारीलाई अघि बढाइरहेको छ। यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले पनि सर्वदलीय बैठक आयोजना गरेर छलफल गर्नुभएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily