Aadarsh-Daily

मधेशका मुख्यमन्त्री नियुक्तिमा प्रारम्भिक आदेश आइतबार दिने सर्वोच्चको संकेत

ad-4p

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विषयमा सर्वोच्च अदालतले आगामी आइतबार (कात्तिक ३० गते) प्रारम्भिक आदेश दिने संकेत गरेको छ।

content ad p2

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न आइतबार मितिमा पेशी तोकेको हो। सो दिन अदालतले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी सम्पूर्ण कागजात तथा निर्णयहरू अध्ययन गर्ने तयारी गरेको छ।

content left

कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेश सांसदले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले दुवै पक्षलाई आइतबार छलफलका लागि उपस्थित हुन आदेश दिएको हो।

संयुक्त इजलासमा रहेका दुई न्यायाधीशले सरकार गठन प्रक्रियामा त्रुटि वा अन्य कैफियत देखिए प्रारम्भिक चरणमै अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना रहेको जनाइएको छ। यस्तो आदेश जारी भए मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय तथा कामकाजमा रोक लगाउन सकिने देखिन्छ।

न्यायाधीश पाण्डेयको मंगलबारको आदेशमै यसै विषयको सङ्केत देखिएको थियो। सर्वोच्चले मंगलबार दर्ता भएको रिट तथा त्यसमा जारी आदेशको सम्पूर्ण फाइल आइतबारको सुनुवाइका क्रममा पेश गर्न पनि आदेश दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily