Aadarsh-Daily

नेपाल–भारत सीमामा ‘रियल टाइम’ आवागमन अभिलेख र संयुक्त सुरक्षा गस्तीमा सहमति

ad-4p

नेपाल र भारतका सुरक्षा अधिकारीहरूले दुई देशको अन्तर्राष्ट्रिय सीमामा आवागमन व्यवस्थित र सुरक्षित बनाउन ‘रियल टाइम रेकर्ड’ राख्ने र साझा सुरक्षा गस्ती गर्ने सहमति गरेका छन् ।

content ad p2

दिल्लीमा सम्पन्न नवौं ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ले दुवै देशका बोर्डर आउट पोस्ट (बीओपी) र पर्यटक हेल्प डेस्कमार्फत आवागमन अभिलेख राख्ने निर्णय गरेको हो।

content left

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका प्रमुख सञ्जय सिंघलको नेतृत्वमा सम्पन्न बैठकमा गैरकानुनी घुसपैठ, भन्सार छली/तस्करी, लागूऔषध, तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश लगायतका विषयमा छलफल भएको थियो ।

साथै, २४ सै घण्टा सीमा क्षेत्रमा जोखिम मूल्याङ्कन गर्दै संयुक्त सुरक्षा गस्ती गर्ने योजना पनि बनाइयो।

नेपालले भारतमार्ग हुँदै भित्रिने तेस्रो देशका नागरिक, औषधि तस्करी र जेन–जी आन्दोलनपछि भागेका कैदीबन्दी नियन्त्रणमा सहयोगको माग गरेको थियो ।

भारतले यी चुनौतीमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily