Aadarsh-Daily

बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड

ad-4p

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

content ad p2
content left

ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा हसिनामाथि लगाइएको मानवीय अपराधको आरोपमा यो फैसला सुनाएको हो। भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमा अदालतले मुद्दा चलाएको थियो।

साथै, तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ भने तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई सरकारी गवाहाको भूमिकाका कारण ५ वर्षको सजाय दिइएको छ।

४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले फैसला आठ भागमा सुनाइने जानकारी दिएका थिए। फैसलाको घोषणा बंगलादेश टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily