Aadarsh-Daily

सुविधासम्पन्न नयाँ भवनबाट पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय सञ्चालनमा

ad-4p

पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय सोमबारदेखि आफ्नै तीन तल्ले प्रशासनिक भवनमा सञ्चालनमा आएको छ। विगत साढे तीन वर्षदेखि वडा नम्बर ४, दापासुगौलीस्थित गुदरीबाबा मन्दिरको सामुदायिक भवनमा सञ्चालन हुँदै आएको कार्यालय अब सुविधासम्पन्न भवनबाट सेवा प्रदान गर्ने भएको छ।

content ad p2

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले हिन्दु धार्मिक रीतिरिवाजअनुसार नवनिर्मित भवनको पूजापाठ गरेपछि कार्यालयका दैनिक कामकाज नयाँ भवनबाटै सुरु भएको उपाध्यक्ष ममता महत्तो चौधरीले जानकारी दिइन्।

भवन निर्माणको कुल लागत ६ करोड ९ लाख रुपैयाँ रहेको छ। यसमा संघीय सरकारको शहरी विकास मन्त्रालयबाट ६० प्रतिशत (करिब ३ करोड ६० लाख रुपैयाँ) र गाउँपालिकाको ४० प्रतिशत योगदान रहेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।

content left

नवनिर्मित तीन तल्ले भवनमा २० वटा कोठा, दुई सभाकक्ष, एक न्यायिक इजलाश, शौचालय लगायतका सुविधा समावेश छन्।

उपाध्यक्ष चौधरीका अनुसार, विगतमा मन्दिरको सामुदायिक भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या देखिन्थ्यो, तर अब नयाँ भवनबाट प्रशासनिक र दैनिक कामकाज सहजतापूर्वक सञ्चालन हुने अपेक्षा गरिएको छ।

भवनको औपचारिक उद्घाटन मंसिर महिनाभित्र भव्य समारोहमार्फत गरिने अध्यक्ष चौधरीले जानकारी दिए।

सोमबारको पूजापाठ कार्यक्रममा अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, विभिन्न शाखाका प्रमुख र कर्मचारीहरू उपस्थित थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily