Aadarsh-Daily

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न, पर्साको ठोरी गाउँपालिका प्रथम घोषित

ad-4p

पर्सा जिल्लामा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ।

content ad p2

आइतबारदेखि होटल क्लासिक ब्याङ्क्वेटमा सुरु भएको समीक्षा गोष्ठी सोमबार समापन गरिएको हो।

जिल्लाका १४ वटै स्थानीय तहहरूले गरेका स्वास्थ्य गतिविधिको विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दा ठोरी गाउँपालिका पहिलो, जगरनाथपुर गाउँपालिका दोस्रो र वीरगन्ज महानगरपालिका तेस्रो घोषित भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। शीर्ष तीन स्थानीय तहलाई पुरस्कार पनि प्रदान गरिएको थियो।

समापन सत्रमा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले प्रदेशमा परिवार नियोजनका स्थायी साधन प्रयोग गर्ने पुरुषको संख्या अत्यन्त कम रहेको उल्लेख गरे।

content left

उनले भने, “हाम्राे प्रदेशमा छोरा मान्छेले भ्याक्सेटोमी नगर्ने समस्या छ। अब पुरुषले भ्याक्सेटोमी गर्न स्वास्थ्यकर्मीहरूबाटै अभियान सुरु गर्नुपर्छ।”

स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले जिल्लाका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेका केही नविन अभ्यासबारे जानकारी दिए।

उनले गर्भवतीहरूलाई क्याल्सियम चक्की वितरण, कम तौल भएका शिशुलाई पोषण सामग्री उपलब्ध गराउने, रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीहरूको मेहनतका कारण गाउँपालिका पहिलो हुन सफल भएको बताए।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन वनभोजको व्यवस्था मिलाउने घोषणा गरे।

कार्यक्रममा जिल्लाका सबै स्थानीय तह तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संस्थाले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए। अवसरमा जिल्लामै पहिलोपटक १५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily