Aadarsh-Daily

चोरीका गरगहनासहित पर्सामा चार जना पक्राउ

ad-4p

प्रहरीले वीरगन्जमा चोरीका सुनचाँदीका गरगहना सहित चार जनालाई पक्राउ गरेको छ। करिब ३७ लाख रुपैयाँ मूल्य बराबरका गरगहना बरामद गर्दै तीन भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।

content ad p2

पक्राउ पर्नेहरूमा भारत बिहारका ३३ वर्षीय विजय राय, ६० वर्षीय शेख बुनाद, ३१ वर्षीय विनोद राउत तथा पर्सा जिल्लाका २० वर्षीय विद्या कुमार नट रहेका छन्।

content left

गत कात्तिक ३० गते शंका लागेर रोकेको लु.९६ प ३७३३ स्कुटीमा सवार शेख बुनादको शरीर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट बिलबिजकबिहीन सुनका गहना भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनको बयानका आधारमा प्रहरीले टेढास्थित नटको घरमा छापा मार्दा सुन–चाँदीका गहनासँगै नगद नेपाली ३ लाख ७९ हजार र भारतीय ९ हजार २ सय रुपैयाँ पनि बरामद भएको डीएसपी बस्नेतले बताए।

बरामद गरिएका सामग्रीमा सुनको सिक्री, झुम्का, नथिया, औंठी, बिछिया, माला, लकेट, चाँदीका पाउजु, सिक्का, हाथशंकर तथा गरगहना तौल गर्ने तराजु समेत समावेश छन्। यी गहनाहरू पर्सा–बारा क्षेत्रका मेला तथा भीडभाड भएका स्थानबाट चोरी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीले पक्राउ गरिएका चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily