Aadarsh-Daily

जनप्रदर्शन स्थगित : परवानीपुरमा एमालेको युवा भेला जारी

ad-4p

बारा — जिल्ला प्रशासनले सिमरा विमानस्थल आसपासमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरे पनि नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको प्रदेश–स्तरीय भेला परवानीपुरमा जारी छ।

content ad p2

महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भए पनि सिमरामा बढ्दो तनावपछि भेला सरल रूपमा सञ्चालन गर्ने तयारी भएको एमाले नेता किसान श्रेष्ठले जानकारी दिए।

content left

सिमरा विमानस्थलमा जेन–जी समूहको विरोध र त्यसमाथि आएको प्रतिक्रियाले तनाव चुलिएपछि काठमाडौंबाट आउने नेताहरूको उडान रोकिएको छ। नेताहरू काठमाडौंमै रोकिएपछि जनप्रदर्शन स्थगित गरिएको श्रेष्ठले बताए।

उनका अनुसार विभिन्न जिल्लाबाट जनप्रदर्शनका लागि हिँडेका हजारौँ कार्यकर्ता कर्फ्यूका कारण बाटैमा रोकिएका छन्। “पाँच हजारजति मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ,” उनले भने।

यद्यपि परवानीपुरस्थित डीएभी स्कुल नजिक रहेका चयनपुर चौरमा आयोजित भेला स्थलमा दुई हजारभन्दा बढी सहभागी भइसकेका छन्। भेला स्थल मुख्य सडकसँगै भएकाले उच्च सतर्कताका बीच सहभागीलाई सम्बोधन गरेर कार्यक्रम समापन गर्ने तयारी रहेको श्रेष्ठले बताए।

भेलाका लागि मधेशका आठै जिल्लाबाट झण्डै एक हजार सहभागी आउने अनुमान गरिएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily