
जेन-जेड युवामाथि भएको आक्रमणप्रति विरगञ्ज जेन-जेड समूहले गम्भीर ध्यानाकर्षण जनाउँदै आज गृह मन्त्रालयलाई पत्र बुझाएको छ। हस्ताक्षरयुक्त पत्रमा तत्काल छानबिन र शान्ति सुरक्षाको सुनिश्चितता माग गरिएको छ।
पत्र अनुसार, सिमरामा जेन-जेड युवामाथि नेकपा (एमाले) का कार्यकर्ताहरूले बिनाकारण हातपात गरेका थिए र केही घाइते भएका छन् । समूहले यसलाई लोकतन्त्र र शान्ति सुरक्षामा प्रतिकूल कदमको रूपमा लिएको जनाएको छ।

समूहले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न र चुनावी वातावरणमा धम्की तथा हिंसालाई नियन्त्रण गर्न माग गरेको छ।
विरगञ्ज जेन-जेडले स्पष्ट पारेको छ कि उनीहरू दङ्गा वा उग्र आन्दोलनको पक्षमा नभई शान्ति र समन्वयको पक्षमा छन् र भविष्यमा पनि प्रशासनसँग मिलेर शान्तिपूर्ण गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएका छन्।


