Aadarsh-Daily

बारामा जेन–जी र एमाले कार्यकर्ता बीचको झडपपछि दुई वडाध्यक्ष पक्राउ

ad-4p

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी युवा समूह र नेकपा (एमाले) निकट कार्यकर्ताबीच बुधबार भएको झडपका क्रममा दुई जना निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन्।

content ad p2

पक्राउ पर्नेमा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ (४०) र वडा नम्बर ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी (३४) रहेका छन्। दुवैजना एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

content left

एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने कार्यक्रम तय भएकाले एमाले निकट युवा संघका कार्यकर्ता विमानस्थल क्षेत्रमा भेला भएका थिए। सोही समयमा जेन–जी समूहले विमानस्थल बाहिर प्रदर्शन गर्दै सिमरा चोकतर्फ अघि बढेपछि दुबै पक्षबीच झडप भएको हो।

झडपमा ‘सम्राट्’ उपनामले चिनिने जेन–जी युवाका साइकुल उपाध्यायसहित केही व्यक्ति घाइते भएका थिए। उपाध्यायले आफूहरूमाथि नियोजित आक्रमण भएको आरोप लगाउँदै वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहितका व्यक्तिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले दुवै जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको हो।

स्थिति बिग्रिएपछि स्थानीय प्रशासनले केही समयका लागि कर्फ्यु जारी गरी अवस्था नियन्त्रणमा ल्यायो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार जनप्रतिनिधि नै घटनामा संलग्न देखिएकाले अनुसन्धान थप गम्भीर रूपमा अघि बढाइएको छ।

घटनापछि जीतपुरसिमरा क्षेत्रमा सामान्य तनाव कायम छ। प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily