Aadarsh-Daily

सिमरामा जेन–जी युवा समूहको प्रदर्शन स्थगित

ad-4p

बाराको सिमरा क्षेत्रमा बुधबारदेखि जारी जेन–जी युवा समूहको विरोध प्रदर्शन बिहीबार स्थगित भएको छ। विगत दुई दिनदेखि वीरगञ्ज–पथलैया सडक खण्ड अवरुद्ध रहँदा आवतजावत ठप्प भएको थियो।

content ad p2

जेन–जी युवा कपिल खरेलका अनुसार प्रशासनसँग सहमति भएपछि आजको प्रदर्शन रोकिएको हो। उनले भने, “प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। भोलि (शुक्रबार) वार्ता हुनेछ, त्यसैले आज सडक प्रदर्शन स्थगित गरिएको हो।”

content left

प्रदर्शन नियन्त्रण प्रयासका क्रममा झडप हुँदा ६ प्रहरी र ४ जेन–जी युवा घाइते भएका थिए। घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य चौकी र वीरगञ्ज अस्पतालमा भइरहेको छ।

सडक खुल्दै यातायात सुचारु भएको छ भने व्यापारीहरूले पनि राहत महसुस गरेका छन्। जिल्ला प्रशासनले शुक्रबार हुने वार्तामा आन्दोलनकारीको मागबारे स्पष्ट छलफल गरी समाधान निकाल्ने बताएको छ।

सिमरामा विगत केही दिनदेखि बढ्दो तनाव र झडपपछि अब स्थानीयहरूले शान्ति र सामान्य गतिविधि पुनः सुरु हुने अपेक्षा गरेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily