
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले अन्ततः सरकारी निवास खाली गरेका छन्।
शुक्रबार बिहानै आवास परिसरका गमलामा पानी हाल्दै निवास छाडिरहेको दृश्य सार्वजनिक भएसँगै उनको बसोबास बदलिएको औपचारिकता पूर्ण भएको छ।

नव नियुक्त मुख्यमन्त्री सरोज यादवले दिएको समयसीमाभित्रै सोनलले आवास खाली गरेको पुष्टि भएको छ।
निवास खाली भएपछि अब मुख्यमन्त्री कार्यालयले नयाँ बसोबास व्यवस्थाका लागि प्रक्रिया अघि बढाउने तयारी थालेको स्रोतहरूले जानकारी दिएका छन्।
यादवले केही दिनदेखि विभिन्न दलका नेता, संसदीय दलका प्रमुख सचेतक र सम्बद्ध पक्षसँग निरन्तर समन्वय गर्दै निवास खाली गर्न आग्रह गर्दै आएका थिए ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगो नलागेसम्म निवास नछाड्ने धारणा रहेको सातदलीय गठबन्धनले पछिल्लो सहमतिको आधारमा प्रक्रिया सहज बनाइदिएको बताइएको छ।

