Aadarsh-Daily

माग पूरा भइसके’ भन्दै बारा प्रशासनद्वारा जेनजीसँग वार्ता अस्वीकार

ad-4p

बाराको सिमरामा तीन दिनदेखि जारी जेनजी प्रदर्शनबीच स्थानीय प्रशासनले शुक्रबार औपचारिक वार्ताबाट पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेको थियो, तर शुक्रबार प्रशासन स्वयंले ‘औपचारिक वार्ताको आवश्यकता नरहेको’ भन्दै प्रस्ताव फिर्ता लिएको हो।

content ad p2
content left

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य माग समाधान भइसकेकाले औपचारिक वार्तामा बस्नुपर्ने अवस्था छैन । “छलफलका लागि प्रशासनको ढोका सधैं खुला छ, तर छुट्टै औपचारिक वार्ताको माहौल बनाउनु परेन,” उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले पनि घटना सम्बन्धी जाहेरी दर्ता भइसकेको र आरोपितहरूको पक्राउ प्रक्रिया जारी भएकाले प्रशासन ‘आफ्नो काममै लागिपरेको’ बताए । उनका अनुसार प्रदर्शनकारीले उठाएका अन्य कुनै अतिरिक्त माग औपचारिक वार्तामा लैजानुपर्ने खालका छैनन् ।

यसअघि बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवामाथि कुटपिट गरेपछि सिमरा तनावग्रस्त बनेको थियो । कर्फ्यु अवज्ञा गर्दै जेनजी युवाले दुई दिनदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily