Aadarsh-Daily

देशको राजनीतिक संकटमा सहकार्य र संयमता अपनाउन सबैसँग कांग्रेसको अपिल

ad-4p

नेपाली कांग्रेसले मुलुक अभूतपूर्व राजनीतिक संकटमा परेको बेला सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीसँग सहकार्य र संयमता अपनाउन अपिल गरेको छ ।

content ad p2

शनिवार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसमितिको बैठकले सबैले एकताबद्ध भएर संकटको सामना गर्नुपर्ने निष्कर्ष निकालेको हो।

content left

बैठकले जेनजी आन्दोलनका क्रममा भएको आक्रमण, लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र सरकारी संरचनाको यथाशीघ्र पुनःनिर्माण गर्न सरकारसँग माग गरेको छ।

साथै, आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र जनअधिकारको सुनिश्चितताका मागलाई प्राथमिकतामा राख्नुपर्ने कांग्रेसको निर्णय भएको छ।

बैठकले सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको लिखित मन्तव्यलाई अनुमोदन गर्दै देउवाको स्वास्थ्य लाभको कामना पनि गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily