Aadarsh-Daily

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

ad-4p

दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको पिसारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारतले उपाधि जित्यो ।

content ad p2

नेपालले दिएको १ सय १५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । भारतकी फुला सरेनले नटआउट ४४ रन बनाइन् । नेपालकी दिल्लीसरा धमलाले १ विकेट लिइन् ।

content left

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनायो । नेपालकी सरिता घिमिरेले नटआउट ३३ रन बनाइन् । भारतकी जमुना रानी टुडु र अनु कुमारीले १/१ विकेट लिए ।

हिजो भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । यस्तै भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराएको थियो ।

भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily