Aadarsh-Daily

धनगढीमा बस्नेत आगमनलाई लिएर जेनजी र युवा संघबीच तनाव, एक जेनजी नेतृ घाइते

ad-4p

धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको विरोध कार्यक्रमलाई लिएर जेनजी समूहका युवाहरू र एमाले निकट युवा संघबीच झडप भएको छ। बस्नेत धनगढी आउँदै गर्दा जेनजी कार्यकर्ताहरू जेनजी चोकमा प्लेकार्ड प्रदर्शन गर्दै कालोपट्टी बाँधेर विरोधमा उत्रिएका थिए।

content ad p2
content left

बस्नेतलाई विमानस्थलबाट मोटरसाइकल स्कटिङ गर्दै ल्याउने क्रममा युवा संघका सदस्यले जेनजी कार्यकर्तालाई लखेट्दा जेनजी नेतृ सरिता जोशी घाइते भएकी छन्। उनको हातमा चोट लागेर निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस्नेत एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी आएका हुन्। विरोध प्रदर्शनले तनाव बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो फोर्स क्षेत्रभरि तैनाथ गरिएको छ।

जेनजी युवाहरूले ‘गुण्डागर्दीको विरोध’ र ‘समावेशी नीतिमा सुधार’ माग गर्दै आन्दोलन जारी राखेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily