
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित अनौपचारिक कार्यक्रममार्फत गोलेलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन्।
गोलेले जसपामा उत्पन्न विभाजनपछि पार्टी त्याग गरेको बताउँदै एमालेसँगै नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका छन्।

